आइपिएल २०२३: चेन्‍नइमाथि राजस्थानको रोमाञ्‍चक जीत

काठमाडौं, ३० चैत । भारतमा जारी इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटअन्तर्गत गएराति भएको खेलमा राजस्थान रोयल्सले रोमाञ्‍चक जीत हासिल गरेको छ । राजस्थानले चेन्‍नई सुपर किङ्सलाई ३ रनले पराजित गरेको हो ।

राजस्थानले दिएको १७६ रनको लक्ष्य पछ्याएको चेन्नइले २० ओभरमा ६ विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा जीतका लागि २१ रन चाहिएकोमा कप्तान महेन्द्रसिंह धोनीले २ छक्का प्रहार गरेपनि चेन्नइले १७ रन मात्र जोड्न सक्यो ।

चेन्नइका लागि ओपनर डेभोन कन्वेले सर्वाधिक ५० रन बनाए भने अजिन्क्या रहानेले ३१ रन बनाए । कप्तान धोनीले १७ बलमा अविजित रहँदै ३२ रन बनाए । राजस्थानका लागि युजभेन्द्र चहल र रविचन्द्रन आश्विनले समान २ तथा सन्दीप शर्मा र एडम जाम्पाले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १७५ रन बनाएको थियो । राजस्थानका लागि ओपनर जस बटलरले सर्वाधिक ५२ रन बनाए भने देवदत्त पडिकलले ३८ रन बनाए । चेन्नइका लागि तुशार देशपान्डे, रविन्द्र जडेजा र आकाश सिंहले २-२ तथा मोइन अलीले १ विकेट लिएका थिए ।

यस जीतसँगै राजस्थान ४ खेलमा ६ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ भने चेन्‍नई ४ खेलमा ४ अंकसहित पाँचौं स्थानमा रहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • गाईपालनबाट मासिक २ लाख

    रोजगारीका लागि ८ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गरेका पर्वतका...