पोखराका चार पत्रकार पुरस्कृत

पोखरा, ३० चैत । नेपाल पत्रकार महासंघ कास्की शाखाले चार पत्रकारलाई पुरस्कृत गरेको छ । महासंघको ६८औँ स्थापना दिवसका अवसरमा बुधबार पत्रकार नवीन सिग्देल, भुपाल गुरुङ, गौरव त्रिपाठी र दुर्गा रानामगरलाई पुरस्कृत गरिएको हो ।

पोखरा पत्रकारिता सम्मान २०७७ पत्रकार नवीन सिग्देललाई अर्पण गरिएको हो भने सोही विधाको संस्थागत सम्मान विसं २०७८ लक्ष्मी हाउसलाई दिइएको छ । सो सम्मानको राशि रु ३५ हजार र सम्मान पत्र रहेको छ ।

त्यसैगरी टङ्कादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार पत्रकार भुपाल गुरुङलाई अर्पण गरिएको छ । यो पुरस्कारको राशी रु २० हजार एक सय ११ र सम्मानपत्र रहेको छ ।

पत्रकार गौरव त्रिपाठी र दुर्गा रानामगरलाई जगन्नाथ सिग्देल युवा प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ । यो पुरस्कारको राशि रु ११ हजार एक सय ११ र सम्मानपत्र छ ।

पोखरामा आयोजित समारोहमा गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले चारै पत्रकारलाई पुरस्कार र सम्मान प्रदान गरेका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • २०८२ को चुनावले दिएका केही कुराहरु

    नेपालमा गत २१ फागुनमा सम्पन्न भएको संसदीय निर्वाचनमा रास्वपाको एक प्रकारले ल्याण्ड स्लाइड भिक्ट्री झण्डै दुई–तिहाई बहुमतले...

  • १३ गते नयाँ प्रधानमन्त्री !

    काठमाडौं । देशले चैत १३ गते नयाँ प्रधानमन्त्री पाउने भएको छ। यसपटक नेपालले विश्वकै कान्छो प्रधानमन्त्री पाउनेछ। कुनै अप्रत्याशित...