सिन्धुलीमा कार दुर्घटना, ४ जना भारतीयको मृत्यु
चैत २९,काठमाडौ। सिन्धुलीमा गएराती भएको कार दुर्घटनामा ४ जना भारतीय नागरिकको ज्यान गएको छ ।
बर्दिवास-धुलिखेल सडक अन्तर्गत बिपी राजमार्गमा दुर्घटना भएको हो। जिल्लाको कमलामाई नगरपालिका–३ मा पर्ने सिन्धुली गढी गेट नजिक कार दुर्घटना भएको र ४ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
मंगलवार राति साढे १२ बजे पूर्वबाट काठमाण्डौतर्फ जाँदै गरेको बीआर ०६ डिडि ०६८७ नं. भारतीय कार सडकबाट ५ सय फीट तल खसेर दुर्घटना भएको हो। कारमा ५ जना सवार रहेको र त्यस मध्य ३ जनाको घटनास्थलमै ज्यान गएको र २ जनाको उद्धार गरि उपचारका लागि सिन्धुली अस्पताल पुर्याएकोमा थप १ जनाको अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीले जनाएको छ।

