सांसदले २ करोड मागेको प्रकरणमा रास्वपाले भोलि निर्णय लिने
चैत २८,काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसद ढाकाकुमार श्रेष्ठ माथि लागेको आरोप र दुर्गा प्रसाईंसंगको २ करोड बार्गेनिङ बारेमा भोलि निर्णय लिने भएको छ।
सो पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिको मंगलबार बसेको बैठकले उक्त बिषयमा छानबिन र सोधपुछ सकेर प्रतिवेदन बुझाएको छ ।
समितिको प्रतिबेदनमा के छ ? भन्ने बिषय खुलाइएको छैन। यो बिषयमा निर्णय लिन बुधबार बिहान ९ बजे पार्टीको केन्द्रीय समितिको बैठक बोलाइएको पार्टी महामन्त्री डा.मुकुल ढकालले जानकारी दिए ।
रास्वपाका समानुपातिक सांसद श्रेष्ठले झापाका मेडिकल ब्यबसायी दुर्गा प्रसाईंसंग आफू स्वास्थ मन्त्री बन्ने पक्का भएको र सोको लागि पार्टीको ‘कोर टीम’लाई पैसा बुझाउनुपर्ने भन्दै २ करोड मागेको अडियो सार्बजनिक भएपछि यो बिषय चर्चामा छ।

