श्रीमतीको वैवाहिक बलात्कार उजुरीमा न्यायधिश पक्राउ

काठमाडौं, २८ चैत । न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् । उनलाई आफ्नै श्रीमतीले वैवाहिक बलात्कारको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन् ।

न्याय परिषदका न्यायधिश गिरीलाई मंगलबार सामाखुसीबाट प्रहरीले पक्राउ गरेको हो । न्याधिश गिरीविरुद्ध उनकी पत्नी आरती गिरी रावलले वैवाहिक बलात्कारको आरोप लगाउँदै जाहेरी दिएकी थिइन् ।

कपिलवस्तु जिल्ला अदालतले गिरीलाई पक्राउ गर्न अघिल्लो साता नै प्रहरीलाई अनुमति दिएको थियो । न्यायपरिषदमा एक महिना अघि उनि सरुवा भएका थिए ।

उनले सोमबार श्रीमती पार्वतीलाई बोलाएर घरमा लगेको भएपनि श्रीमती पार्वतीले भने आफूलाई बन्धक बनाएर यातना दिएको भन्दै साथीलाई फोन गरेर उद्दारको अपिल गरेको बुझिएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय