आगलागीमा ८६ बर्षीया वृद्ध दम्पतीको मृत्यु

चैत २८,काठमाडौ।रसुवामा भएको आगलागीमा एक दम्पतीको ज्यान गएको छ ।
आमाछोदिङ्मो गाउँपालिका–५ छोदुममा टहरोमा आगलागी हुँदा  दुई जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा ८६ वर्षका लोप्साङ्ग तामाङ र उहाँकी श्रीमती ८६ वर्षकै छेकी तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी विष्णुप्रदीप बस्यालले जानकारी दिए ।

आगो बालेर सुतेका उनीहरु टहरोमा आगो सल्केपछि घाइते भएका र उपचारका लागि जिल्ला अस्पताल लैजानेक्रममा बाटोमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय