तनहुँमा भट्टराईको जीत निश्चित छ: काँग्रेस महामन्त्री शर्मा

तनहुँ, २७ चैत । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्तारुढ गठबन्धनका उम्मेदवार गोविन्द भट्टराईको सिङ्गो पार्टी र गठबन्धन परिचालित भएकाले जित सुनिश्चित भएको बताएका छन् ।
वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार गोविन्द भट्टराईलाई मत माग्न तनहुँ पुगेका महामन्त्री शर्माले मतदाता भेटघाट कार्यक्रमको अवसरमा सो कुरा बताएका हुन् ।
पहिला पनि गठबन्धनले जितेको र सोहीअनुसार उपनिर्वाचनमा पनि गठबन्धन गरिएको र उम्मेदवार पनि राम्रो भएकाले जित निश्चित रहेको उनले उल्लेख गरे ।
नेता भट्टराई असल र निष्ठाको राजनीति गर्ने विद्यार्थी कालदेखिको नेता भएको उल्लेख गर्दै शर्माले भट्टराईसँग केही दिनपछि संसदमा भेट हुने दाबी गरे ।

