हैदराबादमाथि लखनउको सहज जीत

काठमाडौं, २५ चैत । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत गएराति भएको खेलमा लखनउ सुपर जायन्ट्सले जित हासिल गरेको छ । लखनउले हैदराबादलाई ५ विकेटले हराएको हो ।

हैदराबादले दिएको १२२ रनको सामान्य लक्ष्य लखनउले १६ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । लखनउको जीतमा कप्तान केएल राहुलले ३५ तथा क्रुनाल पान्ड्याले ३४ रन बनाए । हैदराबादका आदिल राशिदले २ विकेट लिँदा भुवनेश्वर कुमार, फजलहक फारुखी र उमरान मलिकले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२१ रन बनाएको थियो । राहुल त्रिपाठीले ३५ र अनमोलप्रीत सिंहले ३१ रन बनाए । त्यसैगरी अब्दुल समादले २१ र वासिङटन सुन्दरले १६ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

लखनउका लागि क्रुनाल पान्ड्याले ३, अमित मिश्राले २ तथा यश ठाकुर र रवि विश्‍नोइले १-१ विकेट हात पारे । जीतसँगै लखनउले ३ खेलबाट ४ अंक जोड्दै अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ ।

लगातार दोस्रो खेलमा पराजित हैदराबाद अंकविहीन रहँदै पुछारमा रहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • गाईपालनबाट मासिक २ लाख

    रोजगारीका लागि ८ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गरेका पर्वतका...