पदम लिम्बुलाई सहिद घोषणा गर्ने सरकारको निर्णय
२४ चैत,काठमाडौ ।
सरकारले कोशी प्रदेश नामाकरणविरुद्ध चर्किएको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बू (लाजिहाङ) लाई सहिद घोषणा गर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले लिम्बूलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्ले मृतक लिम्बूको परिवारलाई राज्यबाट सहयोग गर्ने निर्णय पनि गरेको छ।
‘कोशी प्रदेश नामाकरणविरुद्ध आन्दोलनमा सहादत प्राप्त गर्नु भएका पदम लिम्बू (लाजिहाङ)लाई मन्त्रिपरिषदबाट सहिद घोषणा गर्दै परिवारलाई राज्यबाट सहयोग गर्ने निर्णय भएको जानकारी गराउँदछु,’ मन्त्री किराँतीले भने।

