रेणु दाहालको बागी सहित सबै काँग्रेस नेतालाई माफी !

जोशी, पौडेल र कोइरालाको कारबाही फुकुवा

काठमाडौं, २० चैत । नेपाली काँग्रेसले पार्टीका पूर्वसहमहामन्त्री तनहुँका गोविन्दराज जोशी सहित चितवनका पूर्वसभापति विकास कोइराला र जगन्नाथ पौडेलमाथि गरिएको कारबाही फुकुवा गरेको छ। पौडेल गठबन्धनबाट रेणु दाहाल मेयरको उम्मेदवार हुँदा उनि विरुद्ध बागी उम्मेदवार समेत हुन्।

काँग्रेस केन्द्रीय कार्यसम्पपादन समितिको बैठकले उनीहरुमाथि गरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए । जोशी राष्ट्रपति रामचन्द्र पौडेलसँग ब्यक्तिगत इगो लिएर ०७४ र ०७९ को चुनावमा पौडेल हराउ अभियानसँगै वागी उम्मेदवार समेत हुन्।

त्यसैगरी विकास कोइराला पार्टीका पूर्व सभापति स्व.शुशिल कोईराला विरुद्ध ०७० को दोस्रो संविधानसभा निर्वाचनमा बागी उम्मेदवारी दिँदा कारबाहीमा परेका थिए। उनिहरुको कारबाही फुकुवा गरिएपछी तनहुँ र चितवनमा चुनाव जित्न सहज हुने अनुमान कांग्रेसले गरेको छ।

सभापतिविरुद्ध बागी बनेपछि कांग्रेसले २०७० कात्तिक २ गते क्रियाशील सदस्यता खारेज गर्दै कोईरालालाई कारबाही गरेको थियो। १२ औं महाधिवेशनबाट उनी जिल्ला सभापतिमा निर्वाचित भएका थिए। २०६७–०६९ सम्म चितवन कांग्रेसको नेतृत्वमा थिए।

जोशीले ०७४ मा बागी उम्मेदवारी दिए पछि कांग्रेस जिल्ला कार्यसमिति तनहुँको सिफारिसमा २०७५ पुस २४ गते कारबाही गरेको थियो। त्यसबेला जोशीकै बागीका कारण मत काटिँदा पौडेल नेकपा एमालेका किसान श्रेष्ठसँग पराजित भएका थिए।

तनहुँ १ मा मंसिर ४ को निर्वाचनमा पनि जोशीले ६ हजार ८८६ मत ल्याएर तेस्रो भएका थिए। भ्रष्टाचारको अभियोगमा जोशीको मुद्दा विचाराधीन नै रहेकाले उनको उम्मेदवारी भने निर्वाचन आयोगले खारेज गरेको थियो। जोशीलाई विषेश अदालतले २०६९ साल साउन १० गते भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो।

तनहुँमा चुनाव जित्न जोशीको साथ खौज्दै कांग्रेसले उनको कारबाही फुकुवा गरेको हो। विगतमा गृह र शिक्षा, जलस्रोत, खेलकुदलगायत मन्त्री भइसकेका जोशी कांग्रेसको सहमहामन्त्री भैसकेका नेता हुन् उनको पक्षमा तनहुँमा अझैपनि केहि स्वतन्त्र मत रहेको छ।

कारबाही फुकुवा गरिएपनि कांग्रेस नेताहरुले पार्टीलाई सघाउने कुरा गरेका छैनन्। पौडेलले त काँग्रेस उम्मेदवारलाई सहयोग नगर्ने भनिसकेका छन्। उनले रास्वपा उम्मेदवार रवि लामिछानेलाई सघाउने बताएका छन्। जोशीले पनि सघाउने वा नसघाउने भन्दापनि चुपचाप बस्ने प्रतिक्रिया दिएका छन्।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय