उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै

काठमाडौं, २० चैत । आउँदो वैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँ, चितवन र बारामा आज उम्मेदवारी दर्ता हुँदै छ ।

विभिन्न कारणले रिक्त रहेका प्रतिनिधिसभा क्षेत्र तनहुँ १, चितवन २ र बारा २ मा निर्वाचनका लागि आज बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले समय दिएको छ ।

आयोगले उम्मेदवारी दर्ता गर्न जाँदा २५ जनाभन्दा धेरै नजान पनि आग्रह गरेको छ भने तडकभडक र बाजागाजा पनि प्रयोग नगर्न भनेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय