राष्ट्रपति पौडेल अस्पताल भर्ना
काठमाडौ ।राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् ।
पेटमा समस्या भएपछि पौडेल शनिबार साँझ त्रिवि शिक्षण अस्पताल भर्ना भएको उनका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए।
रास्ट्रपति पौडेलको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।शिक्षण अस्पतालका चिकित्सकहरुको निगरानीमा उनको उपचार भइरहेको अस्पतालले जनाएको छ ।
उनको थप जाचपछी आजै डिस्चार्ज हुनसक्ने छ। केही दिनदेखि ब्यस्तता र दौडधुपले उनलाई पेटमा समस्या भएको हो।

