हाम्रो पार्टी सबैभन्दा ठुलो बन्छ- रवि लामिछाने

काठमाडौं, १८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो दल चाँडै नै सबैभन्दा ठुलो र लोकतान्त्रिक पार्टी बन्ने दाबी गरेका छन् ।

१० वैशाखमा हुने उपचुनावका लागि उम्मेदवारी घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा लामिछाने आफूहरुले व्यक्ति नभइ प्रणाली केन्द्रित पार्टी बनाएको बताए ।

उनले भने, ‘आउँदै गरेका हजारौं क्षमतावान मानिसहरु जोडिन आँटेको यो जनाउ घन्टी मात्र हो ।’ उनले रास्वपा सबभन्दा ठूलो तथा लोकतान्त्रिक पार्टी बनेर बहुमत र दुई तिहाइको सरकार बनाउने समेत बताए ।

रास्वपाले तनहुँ २ मा स्वर्णिम वाग्ले तथा बारा २ मा पूर्वडिआइजी रमेश खरेललाई उम्मेदवार बनाएको छ भने चितवन २ बाट रवि स्वय‌ं उठ्दै छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय