आइपिएल २०२३ मा गुजरातको विजयी सुरुवात, चेन्नई पराजित

 

काठमाडौं, १८ चैत । शुक्रबारदेखि सुरु भएको इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा साविक विजेता गुजरात टाइटन्सले विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा गुजरातले चेन्नई सुपर किङ्सलाई ५ विकेटले हराएको हो ।

चेन्नईले दिएको १७९ रनको विजयी लक्ष्य गुजरातले १९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । गुजरातको जीतमा ओपनर शुभमन गिलले ६३ रनको अर्धशतीय पारी खेले भने विजय शंकरले २७ ऋद्धिमान साहाले २५ रन बनाए ।

चेन्नईका तीव्र गतिका बलर राजवर्धन हांगरगेकरले डेब्यु खेलमा ४ ओभरमा ३६ रन खर्चेर सर्वाधिक ३ विकेट लिए भने तुसार देशपाण्डे र रविन्द्र जडेजाले एक-एक विकेट लिए ।

त्यसअघि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७८ रन बनाएको थियो । चेन्नईका युवा ओपनर ऋतुराज गायकवाडले ९२ रनको सानदार इनिङ खेले उनीबाहेक अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

गुजरातका राशिद खानले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए भने मोहम्मद शामीले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । अल्जारी जोशेफले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । जोशुवा लिटिलले ४ ओभरमा ४१ रन खर्चेर १ विकेट लिए ।

आइपिएलमा आज दुई खेल हुँदै छन् । पहिलो खेलमा पन्जाब किङ्स र कोलकाता नाइट राइडर्स खेल्दै छन् भने दोस्रो खेलमा लखनउ सुपरजाइन्ट्स र दिल्ली क्यापिटल्स खेल्ने छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • गाईपालनबाट मासिक २ लाख

    रोजगारीका लागि ८ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गरेका पर्वतका...