आइपिएल क्रिकेट आजदेखि सुरु हुँदै

काठमाडौं, १७ चैत । चर्चित फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट आजदेखि भारतमा सुरु हुँदै छ ।
कुल १० टोली सहभागी प्रतियोगिताको उद्घाटन खेलमा आज गत वर्षको विजेता गुजरात टाइटन्स र चेन्नई सुपर किङ्स प्रतिस्पर्धा गर्दै छन् । अहमदाबादस्थित नरेन्द्र मोदी रङ्गशालामा हुने खेल बेलुकी पौने ८ बजेदेखि सुरु हुने छ ।
गत वर्ष नवप्रवेशी टोलीका रुपमा रहेको गुजरातले पहिलो सिजनमै उपाधि जित्न सफल भएको थियो । गुजरातको टोलीलाई हार्दिक पान्ड्याले कप्तानी गरेका छन् ।

