सरकार भन्छ- मिटरब्याजमा रकम असुली गर्नु अपराध हो

काठमाडौं, १५ चैत । मिटरब्याजमा रकम असुली गर्नु अपराध भएको भन्दै सरकारले त्यसका लागि कानुनी व्यवस्था गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकमा यो छलफल भएको हो ।
मुलुकी अपराध संहिता लगायतका कानुन संशोधन गरेर मिटरब्याजमा रकम असुलीलाई अपराध मानिने व्यवस्था गर्ने निणर्य गरेको स्रोतको भनाई छ । कानुन संशोधनको प्रक्रिया पूरा गर्न मन्त्रिपरिषदको विधेयक समितिमा पठाउने निणर्य भएको छ ।
मन्त्रिपरिषद स्रोतका अनुसार मिटरब्याजमा रकम असुलीलाई अपराध मान्न मुलुकी अपराध संहिता ऐन, मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, मुलुकी देवानी संहिता ऐन र मुलुकी देवानी कार्यविधि संहिता ऐनका केही प्रावधान संशोधन हुनेछ ।
तराइका गाउँमा साहुकारसँग लिएको चर्को ब्याजको ऋण (मिटरब्याज) का कारण जायजेथा गुमाउनुपरेको भन्दै न्याय माग्न पिडीतहरु काठमाडौं आएका छन् ।
उनिहरु महोत्तरीको बर्दिबास हुँदै पैदल हिँडेर काठमाडौं आएका हुन् । काठमाडौं आएर उनिहरु धर्ना दिइरहेका छन् ।

