मोटरसाइकल दुर्घटनामा परी दम्पतिको मृत्यु, छोरी गम्भीर घाइते

काठमाडौं, १५ चैत । ललितपुरमा मङ्गलबार मोटरसाइकल दुर्घटना हुँदा एक दम्पतीको मृत्यु भएको छ भने उनीहरुकी छोरी गम्भीर भाइते भएकी छन् ।

ललितपुरको महाङ्काल गाउँपालिका–१ बुखेलस्थित सडकमा बा ३९ प ४८९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुइजनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक बागमती गाउँपालिका–७ घर भइ महाङ्काल गाउँपालिका–१ बुखेल बस्ने ३५ वर्षीय विष्णुप्रसाद फुँयाल र मोटरसाइकलमा सवार उनकै श्रीमती ३४ वर्षीया सिर्जना फुँयाल रहेका प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनीहरुकै छोरी पाँच वर्षीय सिर्जनालाई उपचारका लागि पाटन अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनाका सम्बन्धमा थप आवाश्यक अनुसन्धान भइरहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय