अन्तिम समयको गोलले नेपाल हारबाट जोगियो

काठमाडौं, १४ चैत । काठमाडौंमा जारी प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा भुटान र नेपालले बराबरी खेलेका छन् । दशरथ रङ्गशालामा भएको खेलमा नेपाल र भुटानले १-१ गोलको बराबरफ खेलेका हुन् ।

दशरथ रंगशालमा भएको खेलको पहिलो हाफको १९औं मिनेटमा भुटानका तेञ्जिङ नोर्बुले हेडरमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ९०औं मिनेटमा दिपक राज सिंह ठकुरीले बराबरी गोल गरेपछि नेपाल भुटानसँग पहिलोपटक हार व्यहोर्नबाट जोगिएको हो ।

दुवै हाफमा नेपालले गोल गर्ने थुप्रै मौका पाए पनि त्यसलाई सदुपयोग भने गर्न सकेन । समग्रमा हेर्दा नेपालको प्रदर्शन फितलो देखिएको थियो भने भुटानले पहिलेको तुलनामा निकै सुधारिएको खेल प्रदर्शन गरेको थियो ।

अब थ्री नेसन्स कपको फाइनलमा नेपाल र लाओस खेल्ने छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय