थ्री नेसन्स कप: पहिलो हाफमा नेपाल भुटानसँग १ गोलले पछाडि

काठमाडौं, १४ चैत । काठमाडौंमा जारी प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताअन्तर्गत भुटानसँगको खेलमा नेपाल भुटानविरुद्ध एक गोलले पछाडि परेको छ ।
दशरथ रंगशालमा जारी खेलमा भुटान १-० ले अगाडि छ । खेलको १९औं मिनेटमा भुटानका तेञ्जिङ नोर्बुले हेडरमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा नेपालले गोल गर्ने केही मौका पाए पनि त्यसलाई सदुपयोग भने गर्न सकेन ।
दोस्रो हाफ केहीबेरमा सुरु हुने छ ।

