प्रचण्ड विरुद्ध नारावाजी गर्ने विप्लव जेल चलान
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरूद्ध नाराबाजी गरेकोको अभियोगमा पक्राउ परेका बझाङका विप्लव खड्का जेल चलान भएका छन् ।
काठमाडौ नयाँ बानेश्वरमा प्रधानमन्त्री प्रचण्ड विरुद्ध नारावाजी गर्ने उनी सहित ३ जना जेल चलान भएका हुन्।
जेल चलान हुनेमा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बागलुङ सोम शर्मा छन्।
आइतबार जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई अभद्र व्यवहारको कसुरमा ५ हजार रुपैयाँ धरौटीमा रिहा हुन आदेश दिएको थियो।
तर, धरौटी नतिरेपछि उनीहरूलाई कारागार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। नारावाजी गरेको भन्दै गत मंगलवार उनीहरूलाई प्रहरीले पक्रेको थियो।

