युवाको उत्साहको लागि खेलकुद आवश्यक : प्रभु साह।

काठमाडौं, १२ चैत । रौतहट जिल्लाको कटहरियामा बौद्धिमाई युवा क्लबको आयोजनामा कटहरिया प्रिमियर लिग क्रिकेट टुर्नामेण्ट-२०७९” सिजन १ शुरु भएको छ।
आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष एवम संघिय सांसद प्रभु साहले कार्यक्रमको उद्दघाटन गरे । उक्त अवसरमा बोल्दै साहले अहिले देश सङ्कटग्रस्त अवस्थामा रहेकोले देश विकासको लागि खेलाडि जस्तै राजनीतिक नेता पनि ईमान्दार हुनुपर्ने बताए।
उनले खेलाडीलाई हौसला र खेलको बिकासमा राज्य उदासिन बन्न नहुने भन्दै प्रदेश र स्थानीय तहले गराउनुपर्ने खेल गतिविधि कटहरीयाको सानो टिमले गराउनु राम्रो काम भएको बताए ।
उक्त उद्दघाटन कार्यक्रमका आम जनता पार्टीका उप महासचिव कुन्दन कुशवाह, स्थाई कमिटि सदस्य सियाराम कुशवाहा, त्रिभुवन साह, आम दलित मोर्चाको नेता चन्देश्वर बैठा मौलापुर नगरपालिकाको नगर प्रमूख रिना साह , देवाही गोनाहि नगरपालिकाको नगर प्रमुख प्रेम लाल साह कानु लगायतको उपस्थिति रहेको थियो।

