राष्ट्रपति पौडेल सामान्य सुरक्षा प्रबन्धका साथ गोरखा जाँदै

काठमाडौं, १२ चैत । राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा जाँदै छन् । राष्ट्रपति बनेपछि पहिलोपटक उपत्यकाबाहिर जान लागेका उनी सामान्य सुरक्षा प्रबन्धका साथ जाँदै छन् ।

उनी नेपाली सेनाको हेलिकप्टरमार्फत विहान ९ः३० बजे गोरखा जाने र दरबार क्षेत्र अवलोकन गर्ने कार्यक्रम रहेको छ । उनको आगमनलाई लक्षित गरी जिल्लाको सुरक्षा व्यवस्था सर्वसाधारण प्रभावित नहुने गरी चुस्त बनाइएको छ ।

राष्ट्रपति पौडेलले गोरखा दरबार क्षेत्रभित्र रहेको गोरखकालीको मन्दिरमा पूजा गर्ने र बजार क्षेत्रमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम पनि छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • उज्यालो बन्दै छ एबीसी पदमार्ग

    कास्की । विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रामा...