सक्रिय भएका राजा हुन कि राजवादी ?

काठमाडौं, ९ चैत । पुर्व राजा ज्ञानेन्द्र शाहलाई सक्रिय राजनीतिमा आउने इच्छा छ वा राजतन्त्र फर्काउने चाहना त्यो कसैले बुझ्न सकेको छैन । स्वयं ज्ञानेन्द्र शाहले नबोलेको कुरामा धेरै अड्कलबाजी चाहिँ भएकै छन् ।

राजावादी पार्टी राप्रपा र राजा ल्याउने अभियानका अभियन्तासंगको भेटघाट र भलाकुसारीले चाहिँ ज्ञानेन्द्र तानातानमा छन् भन्ने बुझ्न सकिन्छ । पछिल्लो समय रविन्द्र मिश्र र व्यवसायी दुर्गा प्रसाइका अभिव्यक्ति र कार्यशैलीले पनि यसको पुष्टि गर्दछ।

रविन्द्र मिश्र खुलेरै राजाको पक्षमा वकालत गर्दैछन् भने प्रसाईं ज्ञानेन्द्र र उनका परिवारका सदस्यलाई मंचमै राखेर अभियान घोषणा गरेका ब्यक्ति हुन् । पुर्व राजा ज्ञानेन्द्रसँग कुनैबेला खास सम्बन्ध भएका राप्रपा नेपालका अध्यक्ष कमल थापाले भने अहिले राजाको साथ छाडेर एमाले अध्यक्ष केपी ओलीको साथ लागेका छन् ।

अर्कोतिर पुर्व राजा ज्ञानेन्द्रले अहिलेसम्म कसैलाई पनि मलाई साथ देउ म राजतन्त्र फर्काउछु वा फेरि नारायणहीटी प्रवेश गर्छु भनेका छैनन् । आफुलाइ राजपरिवार संग नजिक देखाउन र राजाका मुद्दामा बहस गर्न तम्सिने स्वघोषित राजावादी अभियन्ता र राजावादी पार्टीले पनि राजा फर्काउने सामर्थ्य राख्दैनन् ।

यसर्थ राजा सक्रिय भएका हुन वा राजावादी देखिनेहरु सक्रिय हुन खोजेका हुन ? यसको कुनै कुनै छेउटुप्पो भेट्टाउन सकिन्न ।

राजा सक्रिय भएको भनेर राजावादीले पुच्छर हलाउन खोजेको वा कुनै देशी बिदेशी शक्तिले ट्रायल गरेको हो त्यो भने हेर्न बाँकी छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय