चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी
काठमाडौं ।
चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन् । संघको १९ औं महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
निरौलाले अध्यक्षकि अर्की उम्मेदवार रेजिना उप्रेतीलाई २६ मतले पराजित गरेर अध्यक्ष निर्वाचित भएका हुन । जम्मा निर्वाचनमा ४ सय ६८ मत खसेको मध्ये निरौलाले २ सय ३५ र उप्रेतीले २०९ मत प्राप्त गरिन् । २६ मत बदर भयो ।
संस्थाको स्थापनाकालदेखि नै निरौलाले महासचिव र उपाध्यक्ष पदमा रहेर काम गरिसकेका छन् ।
यसैगरी उपाध्यक्षमा कविता गेलाल र शिवहरि बैरागी विजयी भए । महासचिवमा सबिन श्रेष्ठ निर्वाचित भए । सचिवमा रामेश्वर बुर्लाकोटी, कोषाध्यक्षमा सुनिल कटुवाल विजयी भए । सह–कोषाध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भएकी थिइन् ।
त्यसैगरी सदस्यमा शीतल केसी, गोपाल ढकाल ‘छन्दे’, उद्धवप्रसाद भट्टराई, पवन केसी, नम्रता खरेल, पुकार भट्टराई, खुस्बु खड्का, सरिता राजोपाध्याय, रोशन श्रेष्ठ र समीर लामा निर्वाचित भए ।

