सत्ता साझेदार १० दलका शीर्ष नेताहरुको बैठक सुरु

काठमाडौं, १ चैत । सत्तारुढ १० दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
उपराष्ट्रपतिको निर्वाचन लगायत सरकारका विषयमा सहमति गरेका १० दलका शीर्ष नेताहरु सम्मिलित बैठक बालुवाटारमा बसिरहेको छ ।
उपराष्ट्रपतिका लागि सत्ता गठबन्धनबाटै ३ जना उम्मेदवार छन् भने नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार छिन् ।

