सिन्धुलीमा बस दुर्घटना हुँदा पाँचजनाको मृत्यु

सिन्धुली, २८ फागुन । सिन्धुलीको फिक्कलमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस आज विहान फिक्कल गाउँपालिका-४ कुइभिरमा दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बसमा करिब ३० जना यात्रु थिए जसमध्ये १९ जना घाइते भएका छन् ।
उनीहरूलाई उद्धार गरी उपचारका अस्पतालमा पठाइएको छ ।

