मेरो बाबा…

आरती भट्ट

जब म कोही व्यक्तिलाई खेतबारीमा खनिरहेको देख्छु,
तब म त्यस स्थानमा मेरो बाबा लाई महसूस गर्छु ।

जब म कोही व्यक्तिलाई घरको इट्टा जोडिरहेको देख्छु,
तब म त्यस स्थानमा मेरो बाबा लाई महसूस गर्छु ।

जब म कोही व्यक्तिलाई साईकल मा तरकारी बेचिरहेको देख्छु,
तब म मेरो बाबा लाई त्यस स्थान मा महसूस गर्छु ।

जब म कोहि व्यक्तिलाई वालमा पेन्ट गरिरहेको देख्छु,
तब म मेरो बाबालाई त्यस स्थानमा महसूस गर्छु ।

जब म कोही व्यक्तिलाई ज्याला मजदुरी गरिरहेको देख्छु,
तब म त्यस स्थानमा मेरो बाबा लाई महसूस गर्छु ।

कोही व्यक्ति किराना पसलमा व्यापार गरिरहेको देख्छु,
तब म मेरो बाबालाई त्यस स्थानमा महसूस गर्छु ।

एउटा पिताले आफ्ना छोराछोरी हुर्काउन र परिवारको लागी गरेको संघर्ष, सायद इतिहासमा पिताका लागी शब्दहरू कम कोरिएका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय