यी ११ सांसदले किन बुझाएनन सम्पत्ति विवरण ?

काठमाडौं, २० फागुन । निर्वाचित भएको ६० दिनभित्र संघीय संसद सचिवालयमा बुझाउनुपर्ने सम्पत्ति विवरण ११ सांसदले अझै नबुझाएको भेटिएको छ।

संघीय संसद् सचिवालयले भ्रष्टाचार निवारण ऐन ०५९ को दफा ५० अनुसार प्रतिनिधि सभाका नवनिर्वाचित ११ सांसदले ६० दिनभित्र बुझाउनुपर्ने सम्पत्ति विवरण नबुझाएको जनाएको छ।

यसरी सम्पत्ति विवरण नबुझाउनेमा फरार सूचिमा रहेका एमाले सांसद लक्ष्मी महतो कोईरी र निलम्बित सांसद नेपाली कांग्रेसका टेकबहादुर गुरुङ समेत रहेका छन् । विवरण नबुझाउनेमा कांग्रेसका सांसदहरू उदय शमशेर जबरा, अजयकुमार चौरसिया, मोहन बस्नेत, मनोरमा शेरचन र निलम्बित सांसद गुरुङ छन्।

त्यसैगरी नेकपा एमालेका फरार सांसद लक्ष्मी कोइरी सहित राजकुमार गुप्ता, माओवादी केन्द्रका वर्षमान पुन, नेकपा (एकीकृत समाजवादी पार्टी)का सांसद मेटमणि चौधरी, नेपाल समाजवादी पार्टीका सांसद महीन्द्रराय यादव रहेको स्रोतले जनाएको छ।

यसैगरी राप्रपा नेता एवं जेष्ठ सांसद पशुपति शमशेर जबराले पनि सम्पत्ति विवरण बुझाएको देखिएको छैन । सम्पत्ति विवरण नबुझाएका सांसदहरूले अब ५ हजार जरिवाना बुझाएर अझै १ महिनासम्म सम्पत्ति विवरण बुझाउनसक्ने व्यवस्था रहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय