राष्ट्रपतिमा रामचन्द्रलाई भोट माग्न ८ दलको सातवटै प्रदेशमा सांसद भेला
काँग्रेसले नेता खटायो
काठमाडौं, १९ फागुन । नयाँ राष्ट्रपतिमा ८ दलिय गठबन्धनका साझा उम्मेदवार नेपाली काङ्ग्रेसका नेता रामचन्द्र पौडेललाई मत माग्न गठबन्धनमा रहेका सबैदलका प्रदेश सांसदलाई आज संयुक्त प्रशिक्षण राखिएको छ ।
बिहिवार काठमाडौमा उपलब्ध संघीय सांसलाई प्रशिक्षण दिएको गठबन्धनले आज(शुक्रबार) ७ वटै प्रदेशका सांसदलाई प्रदेश राजधानीमा भेला राखिएको कार्यदलले जनाएको छ। राष्ट्रपतिमा रामचन्द्रलाई जिताउन भन्दै गठबन्धनले नेपाली काङ्ग्रेसका उपसभापति पुर्णबहादुर खड्काको संयोजकत्वमा कार्यदल गठन गरेको छ।
कार्यदलमा नेपाली काङ्ग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी,लोकतान्त्रिक समाजवादी पार्टी,जनमत पार्टी,नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि सदस्य छन् ।
यसैगरी नेपाली काङ्ग्रेसले राष्ट्रपतिमा रामचन्द्रलाई जिताउन भन्दै ७ प्रदेशमा ७ नेता खटाएको छ। नेपाली काङ्ग्रेस स्रोतका अनुसार कोसी प्रदेशमा महामन्त्री विश्वप्रकाश शर्मा, मधेस प्रदेशमा सहमहामन्त्री फरमुल्लाह मन्सुर, बागमतीमा महामन्त्री गगन थापा, गण्डकीमा उपसभापति धनराज गुरुङ, लुम्बिनीमा सहमहामन्त्री किशोरसिंह राठौरलाई खटाएको छ।
यसैगरी कर्णालीमा उपसभापति पुर्णबहादुर खड्का र सुदुरपश्चिम प्रदेशमा सहमहामन्त्री बद्री पाण्डेलाइ काङ्ग्रेसले खटाएको छ।
फागुन २५ गते हुने राष्ट्रपति निर्बाचनमा ८ दलिय गठबन्धनबाट पौडेल र एमाले बाट सुभाष नेम्वाङ प्रतिस्पर्धामा छन् ।

