क्रिकेट विश्वकप लिग २ मा युएईसँग नेपालको हार

काठमाडौं, १८ फागुन । आईसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत युएई, नेपाल र पपुवा न्युगिनी (पिएनजी) सम्मिलित त्रिकोणात्मक श्रृंखलाको आफ्नो दोस्रो खेलमा नेपाल युएईसँग पराजित भएको छ ।
बिहिबार दुबईमा भएको खेलमा नेपाल युएईसँग ६८ रनले पराजित भएको हो । युएईले दिएको २०८ रनको लक्ष्य पछ्याएको नेपाल ३१५ ओभरमा १३९ रनमा समेटियो ।
नेपालका लागि कुशल मल्लबाहेक अन्यले उल्लेख्य योगदान नै दिन सकेनन् । मल्लले ६० रन बनाउँदा अन्तयमा आएका सन्दीप लामिछानेले २६ रनमा अविजित रहे । आसिफ शेखले १७ रन बनाए भने अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
युएईका लागि रोहन मुस्तफाले १० ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए भने कार्तिक मेइयप्पनले ८५ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । जुनेद सिद्दिकीले २ तथा सबिर अली र जाहूर खानले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २०७ रन बनाएको थियो । उसका लागि आसिफ खानले ७२ रन बनाएका थिए भने रोहन मुस्तफाले अविजित रहँदै ५१ रन बनाए ।
नेपालका लागि सन्दीप लामिछानेले गुल्शन झाले ९ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए भने कुशल मल्लले २ तथा करण केसी, सोमपाल कामी र प्रतिश जिसीले १-१ विकेट लिए ।
नेपालले अब आफ्नो दोस्रो खेलमा बिहिबार युएईसँग खेल्ने छ । उक्त खेलका लागि सन्दीप लामिछानेलाई पनि युएई पठाउने तयारी भइरहेको छ ।

