क्रिकेट विश्वकप लिग २ मा आज नेपाल र युएई खेल्दै
काठमाडौं, १८ फागुन । आइसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत युएई, नेपाल र पपुवा न्युगिनी (पिएनजी) सम्मिलित त्रिकोणात्मक श्रृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले आज युएईसँग खेल्दैछ ।
युएईको दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने १२ बजेदेखि सुरु हुनेछ ।
यसअघि भएको पहिलो खेलमा नेपालले पिएनजीलाई हराएको थियो भने युएई पिएनजीसँग पराजित भएको थियो ।
नेपाल र युएई दुवैलाई अब लिग २ मा बाँकी खेलमा जित्नैपर्ने दबाब रहेको छ ।

