पोखरामा भ्यानबाट खसेर प्रहरी जवान घाइते

पोखरा, १७ फागुन । पोखरामा प्रहरीको भ्यानबाट खसेर एक प्रहरी जवान घाइते भएका छन् । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरूङले सम्बोधन गर्ने कार्यक्रमको व्यवस्थापन गर्न थप प्रहरी जाँदै गरेका बेला उक्त घटना घटेको हो ।
प्रदेश सभाको प्राङ्गणमा प्रवेश गर्ने क्रममा भ्यानले ल्याइरहेको फलामको पाइप बिजुलीको तारमा अल्झिँदा पोलले हुत्याएर प्रहरी जवान पटक बुढा भुइँमा खसेका थिए ।
उनको टाउकोमा चोट लागेको छ भने उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको छ ।
उक्त पाइप प्रदेश प्रमुखको सलामीका लागि झन्डा राख्न प्रयोग गर्न लैजादैं थिइयो ।

