लघुवित्तका कर्मचारीलाई कालोमोसो, नगद पनि लुटियो

जाजरकोट, १७ फागुन । जाजरकोटमा विप्लव माओवादीका कार्यकर्ताले लघुवित्तका कर्मचारीमाथि कालोमोसो दलेका छन् भने उनको साथमा भएको नगदसहितको झोला पनि लुटिएको छ ।

मासिक किस्ता उठाउन फिल्डमा गएका बेला भेरी नगरपालिकास्थित एनआईसी एशिया लघुवित्तका एक कर्मचारीमाथि दुई व्यक्तिले कालोमासो दलेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

कर्मचारीको साथमा रहेको नगदसहितको झोला पनि सोही समूहले लुटेर फरार भएका थिए । उनीहरुको खोजी भइरहेको छ । घटनाको जिम्मेवारी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले लिएको छ ।

केही समयअघि झापाका व्यवसायी दुर्गा प्रसाइले सार्वजनिक कार्यक्रममै लघुवित्तका कर्मचारीलाई भेटेपछि समातेर कालोमोसो दल्नुपर्ने अभिव्यक्ति दिएका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय