प्रचण्डले विश्वासको मत राष्ट्रपति निर्वाचनपछि मात्र लिने

काठमाडौं, १७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिको निर्वाचनपछि मात्रै विश्वासको मत लिने भएका छन् ।
प्रतिनिधिसभाको अबको बैठक चैत ५ मा मात्र बोलाइएको छ । त्यसअघि फागुन २५ मा राष्ट्रपतिको निर्वाचन छ । सोही कारण निर्वाचनपछि मात्र विश्वासको मत लिने स्थिति आएको नेकपा माओवादी केन्द्रले जनाएको छ ।
पार्टीको संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार प्रधानमन्त्रीले उचित समय आएपछि नै विश्वासको मत लिने बताएका छन् ।
काँग्रेस र एमाले दुवैले विपक्षी दलको दाबी गरेकाले आज बस्ने भनिएको संसदको बैठक स्थगित भएको छ ।
यो पनि पढ्नुहोस्:
काँग्रेस र एमाले दुवैको प्रतिपक्षमा दाबी, संसद बैठक स्थगित

