ग्रीसमा रेल दुर्घटना हुँदा कम्तिमा ३० को मृत्यु, दर्जनौं घाइते

एजेन्सी, १७ फागुन । ग्रीसमा भएको रेल दुर्घटनामा कम्तिमा ३० जनाको ज्यान गएको छ । मङ्गलबार राति दुई वटा रेल आपसमा ठोक्किँदा दर्जनौं घाइते समेत भएका छन् ।

राजधानी एथेन्स सहरबाट उत्तरी सहर थेसालोनिकी गइरहेको यात्रुवाहक रेल र विपरित दिशाबाट आइरहेको कार्गो रेल लारिसा सहरको बाहिरी क्षेत्रमा ठोक्किएका हुन् ।

तीव्र गतिमा रहेका दुवै रेल ठोक्किएपछि डिब्बाहरुमा आगो लागेको र धेरै यात्रुहरु जलेका थिए । करिब ९० यात्रु घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

दुर्घटनाको कारण भने खुल्न सकेको छैन । तीव्र गतिका कारण दुवै रेलले एक-अर्काबारे जानकारी नपाएको हुनसक्ने बताइएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय