सन्दीपलाई पुन: पक्राउ गर्नु नपर्ने, विदेश जान पनि अनुमति

काठमाडौं, १५ फागुन । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई पुन: पक्राउ गर्नु नपर्ने आदेश गरेको छ भने उनलाई विदेश जाने अनुमति समेत दिइएको छ । न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुँडेलको संयुक्त इजलासले उक्त फैसला गरेको हो ।

यसअघि धरौटीमा छाड्ने पाटन उच्च अदालतको आदेशविरुद्ध सरकारी पक्षले पुनरावेदन गरेको थियो । सन्दीपले पनि विदेश जान लगाइएको प्रतिबन्ध फुकुवाको मागसहित पुनरावेदन गरेका थिए । सर्वोच्चले दुवै मुद्दा एकै ठाउँमा राखेर सुनुवाइ गरेको थियो ।

आदेशअनुसार  अब उनी युएईमा भइरहेको विश्‍वकप लिग २ को खेल पनि खेल्न जान पाउने भएका छन् भने खेल सकिएको १५ दिनभित्र सम्बन्धित अदालतमा उपस्थित भएर स्वदेश फर्किएको जानकारी पनि गराउनुपर्ने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय