क्रिकेट विश्वकप लिग २ मा युएई र नामिबिया खेल्दै

काठमाडौं, ११ फागुन । आइसिसी क्रिकेट विश्वकप लिग टु मा आज युएई र नामिबिया खेल्दै छन् । दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने खेल नेपाली समयअनुसार विहान सवा ११ बजेदेखि सुरु हुनेछ ।
यस खेललाई नेपालबाट पनि अर्थपूर्ण रुपमा हेरिएको छ । यी दुई टोलीबीच हुने दुई खेलको नतिजाबाट नेपालको शीर्ष ५ भित्र पर्ने समीकरण केही कठिन वा सहज हुने देखिन्छ ।
नामिबिया यस श्रृंखलामा आफ्ना अन्तिम दुई खेल खेल्दै छ भने युएईको नेपाल र पपुवान्युगिनीसँग युएईमै र नेपालमा ४-४ खेल बाँकी रहेको छ ।
युएई र पिएनजीसँग हुने श्रृंखलाका लागि नेपाली क्रिकेट टोली शनिबार युएईतर्फ प्रस्थान गर्ने छ ।

