प्रदेश १ को नाम सगरमाथा राख्‍न माग

काठमाडौं, ९ फागुन । नेपाली काँग्रेसकी प्रदेशसभा सदस्य डोल्मा तामाङले प्रदेश नम्बर एकको नाम ‘सगरमाथा’ राख्‍न प्रस्ताव गरेकी छन् ।

कांग्रेस संसदीय दलको तर्फबाट सोमबार बैठकमा विशेष समयमा बोल्दै सांसद तामाङले अघिल्लो सरकारले प्रदेशको नाम राख्न नसेकेको भन्दै अब विलम्ब नगरी नामकरणमा जोड दिनुपर्ने बताइन् ।

‘संसारले चिनेको विश्वकै अग्लो शिखरको नामबाट प्रदेश १ को नाम राख्न उपयुक्त हुन्छ, सगरमाथाको देश भनेर चिनिएको नेपालमा प्रदेशको नाम राख्न हामी किन पछि परिरहेको छौं’ तामाङले भनिन्,-‘यो निणर्य गर्दा सबैको शिर उँचो हुन्छ । इज्जत पनि बढ्छ ।’

अरू सबै प्रदेशले नाम राखिसकेको अवस्थामा प्रदेश १ ले अहिलेसम्म नाम राख्न नसक्दा शिर झुेकेको उनले बताइन्।उनले प्रदेशले खर्च बढाएको भन्ने आरोपलाई चिर्न मन्त्रालयको संख्या घटाउने काम भएको र प्रदेशको औचित्य पुष्टि गर्नुपर्ने बताइन् ।

सरकारको नेतृत्व गर्ने जनादेश प्राप्त नभएको र जनताले दिएको आदेश अनुसार नेपाली काँग्रेस जिम्मेवार र रचनात्मक प्रतिपक्षमा रहेर आफ्नो भुमिका निर्वाह गर्न तयार रहेको भन्दै उनले प्रदेशमा सबै सांसदहरुलाई समान व्यवहार र समान अवसर पाउनुपर्ने बताईन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय