नेपालले फेरि टस जित्यो, पहिले बलिङ गर्ने

काठमाडौं, ९ फागुन । आईसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक श्रृंखलाको अन्तिम खेलमा नेपाल र स्कटल्यान्ड खेल्दै छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । यसअघिका तीनै खेलमा पनि नेपालले टस जितेको थियो ।

नेपालले यसअघि भएका ३ वटै खेलमा जीत निकालेको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय