टर्कीमा फेरि दुई शक्तिशाली भूकम्प

एजेन्सी, ९ फागुन । टर्कीमा फेरि दुईवटा शक्तिशाली भूकम्प गएको छ । दुई साताअघि गएको शक्तिशाली भूकम्पपछि पराकम्प जाने क्रम जारी नै रहेका बेला फेरि दुई ठुला भूकम्प गएका हुन् ।

सिरियासँग सीमा जोडिएको देशको दक्षिणी क्षेत्रमा सोमबार राति ६.४ र ५.८ म्याग्निच्युडको भूकम्प गएको हो । यस नयाँ भूकम्पमा परी तीन जनाको मृत्यु भएको छ ।

भूकम्पको सिरियामा पनि प्रभाव परेको छ । दुई देशमा गरी ६०० भन्दा धेरै घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

गएको फेब्रुअरी ६ मा सोही क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा त्यहाँ ४४ हजारभन्दा धेरैको मृत्यु भएको छ ।

उक्त शक्तिशाली भूकम्पको उद्धार र राहतको कार्य नसकिंदै फेरि अर्को भूकम्प गएपछि टर्कीमा थप समस्या भएको छ ।

भूकम्पले टर्कीमा भौतिक संरचनाहरूमा पनि ठूलो क्षति पुगेको छ । ती भग्नावशेषमा मानिसहरू फसिरहेका छन् ।

उद्धार कार्य भइरहेको जनाइएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय