पूर्वी चितवनबाट करिब ५३ किलो गाँजासहित दुईजना पक्राउ

चितवन, ८ फागुन । पूर्वी चितवनबाट करिब ५३ किलो गाँजासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
राप्ती नगरपालिका–१ लोथरमा चेकजाँचका क्रममा वा ३ च २५०४ नम्बरको गाडीमा लुकाइछिपाइ गाँजा लैजाँदै गरेको अवस्थामा भरतपुर महानगरपालिका–१६ का ३० वर्षीय अर्जुन दर्जी र एक जना नाबालक पक्राउ परेका हुन् ।
पक्राउ परेका उनीहरुको थप अनुसन्धान जारी रहेको जिल्ला प्रही कार्यालय चितवनले जनाएको छ ।

