पोखरामा बस दुर्घटना हुँदा दर्जनौं यात्रु घाइते

पोखरा, ७ फागुन । पोखरामा बस दुर्घटना हुँदा कम्तिमा ४० जना घाइते भएका छन् ।
बेगनासतालबाट पोखरा जाँदै गरेको ग १ ख ६७४७ नम्बरको बस डाँडाकोनाकनजिकै खोल्सामा खसेर दुर्घटनामा परेको हो ।
घाइतेहरुको उपचारको लागि अस्पताल लगिएको छ। थप विवरण आउन बाँकी छ ।

