‘कर्णालीमा बाह्य लगानी भित्र्याउन नीति-नियम सहज बन्नुपर्छ’

सुर्खेत, ७ फागुन । कर्णाली प्रदेशमा लगानी गर्ने वातावरण तीनै तहका सरकारले मिलाईदिनुपर्ने सरोकारवालाहरुले बताएका छन् । कर्णाली उत्सवको ‘कर्णालीमा लगानी’ सत्रमा वक्ताका रुपमा सहभागी सरोकारवालाहरुले नीति, नियम, आधारभूत संरचना लगानीमैत्री बनाए बाह्य लगानी भित्रिने बताएका हुन्।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले कतिपय लगानीकर्ताहरु कानुनी कुराहरुले लगानी गर्नमा हतोत्साही हुने पाईएकाले यसमा देशका तीनै तहका सरकाबीचको सहकार्यमा सहजता ल्याउनुपर्ने बताए । उनले सरकारले परम्परागत कानुनलाई परिवर्तन गरी लगानीकर्ताका लागि सहज वातावरण बनाईदिनुपर्नेमा जोड दिए । कर्णालीमा लगानी जुटाउन स्थानीय सरकारले आफ्नो क्षेत्राधिकार भित्र पनि आवश्यक कानुन र संरचना बनाउनुपर्ने बताए ।

कर्णालीमा लगानीको पर्याप्त सम्भावना भएको बताए। ‘मैंले नेपालगञ्ज र सुर्खेतमा होटल बनाउँदा कर्णालीकै ढुंगा प्रयोग गरेको छु, यस्ता वस्तु सुर्खेतमा थुप्रै छन्, लगानी गर्न सकिन्छ ।’
ढकालले महासंघले ७७ जिल्लामा ७७ वटा सम्भावित आयोजनाहरुमा स्थानीयको अपनत्व गराएर लगानी गर्ने हिसाबले काम गरिरहेको बताए । कर्णालीमा पर्यटनका क्षेत्रमा पनि देखिनेगरी लगानी गर्न खोजिएको ढकालले बताए ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका अध्यक्ष डा.बलराम पाठकले कर्णालीमा लगानी गरेपनि प्रतिफल लिन समस्या हुने गरेको बताए। ‘पहिला हामीले कृषि क्षेत्रमा लगानी गर्नुपर्छ भन्ने सोचेका थियौं, त्यसमा प्रतिफल लिन गाह्रो देखियो । अब हामी फराकिलो रुपमा लागनी गर्ने सोचेका छौं,’ उनले भने, ‘अहिले सरकारले छुट्याएको बजेट पनि खर्च गर्न सकेको अवस्था छैन, यस्ता कारणले हामी निजी क्षेत्रमा पैसा भएर पनि लगानी गर्न सक्दैनौं भने प्रतिफलको कसरी आशा गर्ने ?’

गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछानेले पनि नेपालमा लगानीमैत्री वातावरण नभएको बताए । ‘विदेशतिर निजी क्षेत्रले लगानी गर्छु भनेर प्रस्ताव गर्नुपर्‍यो भने हुलाकमार्फत दस्तावेज पठाए हुन्छ, कसैलाई सिधै भेट्नुपर्दैन,’ लामिछानेले भने, ‘यो विषयलाई गहन रुपमा लिएर सरकारले वातावरण सिर्जना गर्नु जरुरी छ।’ उनले छिमेकी राष्ट्रको तुलनामा नेपालमा ठूलो लगानी गर्ने एकल लगानीकर्ता नभएको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाहीले कर्णालीमा अरु प्रदेशमा भन्दा धेरै लगानीको सम्भावना भएको बताए। कृषि, जलस्रोत, जडीबुटी, वनजंगल, धार्मिक क्षेत्र लगायतका थुप्रै कुरामा लगानी गर्न सकिने उनले बताए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • संजालमा नायिकाको खोजी !

    काठमाडौं । चलचित्र निर्माता अविरल थापाले नयाँ फिल्मको लागि नायिकाको खोजी गरेर आफ्नो कम्पनीको पेजमा एक पोष्ट शेयर गरेका छन्...

  • पानी नपर्दा सुक्यो धान,चिन्तामा किसान

    कैलाली । असार लागेपछि खेतमा हरियाली छाउनुपर्ने हो। रोपिएका धानका बिरुवाले लहलहाउँदै किसानको अनुहारमा मुस्कान ल्याउनुपर्ने...

  • लुम्बिनीमा भुटानी गुम्बा !

    रूपन्देही । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न लागेको भुटानी गुम्बाको आज औपचारिक रूपमा...