डोटीमा जीप दुर्घटना हुँदा दुईजनाको ज्यान गयो

डोटी, ६ फागुन । डोटीको केआईसिंह गाउँपालिका–१ लोलीमा शुक्रबार राति जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा केआइसिंह गाउँपालिका–१ डुम्राकोटका ३६ वर्षीय जिप चालक गोविन्द शाही र सोही गाउँपालिकाको वडा नम्बर २ जारीमभाडीका ४१ वर्षीय धनबहादुर तिरूवाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दुर्घटनामा थप ६ जना घाइते भएका छन् ।

