नामिबियाविरुद्ध नेपालले फेरि टस जित्यो, पहिले बलिङ गर्ने

काठमाडौं, ६ फागुन । आईसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक श्रृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले नामिबियाको सामना गर्दै छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । यसअघिका दुवै खेलमा पनि नेपालले टस जितेको थियो ।
यसअघि मङ्गलबार भएको खेलमा नेपालले नामिबियालाई २ विकेटले हराएको थियो ।

