ग्यास पड्किँदा काँग्रेस नेता चन्द्र भन्डारी गम्भीर घाइते

काठमाडौं, ४ फागुन । नेपाली काँग्रेसका युवा नेता तथा गुल्मी निर्वाचन क्षेत्र न. १ का संघीय सांसद डा.चन्द्र भण्डारी ग्यास सिलिन्डर विष्फोटमा घाइते भएका छन् ।
काठमाडौ बुद्धनगर स्थित निवासमा ग्याँस सिलिण्डर विस्फोट हुँदा सांसद भण्डारी र उनको ८६ बर्षिय आमा समेत घाइते भएको बुझिएको छ ।
घाइते भण्डारी र आमाको किर्तिपुर अस्पतालमा उपचार भैरहेको छ ।
बिष्फोटबाट दुबै जनाको शरीर जलेको र उपचार भैरहेको उनका सहयोगीले जानकारी दिए ।

