मुस्ताङबाट पोखरा आउँदै गरेको बस कालीगण्डकीमा खस्यो

पोखरा, ३ फागुन । मुस्ताङको जोमसोमदेखि पोखरा आउँदै गरेको बस दुर्घटनामा परेको छ । ना ७ ख ७४४० नम्बरको बस थासाङ गाउँपालिका-३ मा सडकबाट कालीगण्डकी नदीमा खसेको हो ।
दुर्घटनामापरी बसमा सवार सबैजना घाइते भएका छन् । २ भारतीयसहित १७ जना घाइते भएकामा दुईजनाको अवस्था गम्भीर छ । बस सडकबाट करिब ४५ मिटर तल नदीमा खसेको हो ।
बस सिधै पानीमा खसेको र प्रहरी कार्यालय पनि नजिकै रहेकाले छिटो उद्धारसमेत हुँदा ठूलो क्षति हुन नपाएको प्रहरीको भनाइ छ ।

