रास्वपा केन्द्रीय समितिमा किन परेनन् यी चार सांसद ?

रमेश प्रसाई र ज्वाला संग्रौलासहित १६ जना थपिए

काठमाडौं, २ फागुन । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सञ्चारकर्मी रमेश प्रसाईं समेतलाई केन्द्रिय समितिमा राखेर विस्तार गरेको छ । यसअघिको २४ सदस्यीय केन्द्रिय समितीमा विभिन्न क्षेत्रको प्रतिनिधित्व हुनेगरी नयाँ १६ जना थप गरी ४० जनाको केन्द्रिय समिति बनाएको हो ।

पार्टी सभापति लामिछानेको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले सामाजिक अभियानकर्मी,पत्रकार,व्यवसायी लगाएत क्षेत्रबाट १६ नेतालाई थप गरेको हो । तर, थपिएका १६ मा निवर्तमान मन्त्री र राज्यमन्त्री सहित चार सांसद भने परेनन् ।

सो पार्टीले सार्वजनिक गरेको नयाँ लिष्टमा काठमाडौं ६ बाट निर्वाचित सांसद शिशिर खनाल, चितवन २ बाट निर्वाचित सांसद हरि ढकाल, ललितपुर ३ बाट निर्वाचित सांसद डाक्टर तोषिमा कार्की र काठमाडौं ८ बाट निर्वाचित सांसद बिराजभक्त श्रेष्ठको नाम छैन ।

उनिहरु संस्थापक भएपनि पहिलेको २४ जनाको रास्वपाको केन्द्रिय समितीमा पनि थिएनन् । उनीहरुमध्ये खनाल निवर्तमान शिक्षामन्त्री र डा.तोषिमा कार्की स्वास्थ्यराज्यमन्त्री हुन् ।

मंसीर ४ को निर्वाचनमा रास्वपाको घण्टी चिह्न लिएर प्रत्यक्ष जितेका यी चार सांसद केन्द्रिय समितीमा नपरेको बारे पार्टीका नेताहरुले केहि बताउन चाहेनन् ।

स्रोतका अनुसार उनिहरु सो पार्टीको चुनाव चिन्ह प्रयोग मात्रै गरेको तर पार्टीको जिम्मेवारीमा नरहेको बुझिएको छ ।

हेर्नुहोस सुची:

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय