रास्वपाद्वारा केन्द्रीय समिति विस्तार, कोको थपिए ?

काठमाडौं, २ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति विस्तार गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले १६ जना केन्द्रीय सदस्य थप गरेको हो ।

केन्द्रीय समितिमा करिब १०० जनाको नाम सिफारिस भएकोमा कार्यदलले टुंग्याएर सिफारिस गरेका १६ जनालाई मनोनित गरिएको जनाइएको छ । योसँगै अब रास्वपा केन्द्रीय समिति ४० सदस्यीय भएको छ ।

मनोनित हुनेमा निशा मेहता, विन्दवासिनी कंसाकार, रुपा शंकर, विजय जैरु, मेघ आले, मोहनबहादुर थापा, खुस्बुसरकार श्रेष्ठ, टिका संग्रौला ज्वाला, हरि भट्ट, ध्रुब गिरी, लिमा अधिकारी, रमेश प्रसाईं, अर्जुन अधिकारी, क्रान्ति शिखा धिताल, प्रतिभा रावल र गोमा क्षेत्री छन् ।

त्यसैगरी बैठकले तत्कालका लागि सरकारमा सहभागी नहुने निर्णय गरेको छ भने चितवन २ को उपनिर्वाचनमा पार्टी सभापति रवि लामिछानेलाई नै पुनः उम्मेदवार बनाउने तयारी छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय