विश्वकप लिग २ मा नेपाल र नामिबिया खेल्दै

काठमाडौं, २ फागुन । आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक श्रृंखला आजदेखि काठमाडौंमा सुरु हुँदै छ ।
श्रृंखलाको पहिलो खेलमा आज नेपाल र नामिबिया खेल्दै छन् । त्रिवि क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार विहान ९ बजेदेखि सुरु हुनेछ । खेलको कान्तिपुर टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण हुने छ ।
यसअघि मंसिरमा यिनै तीन टोलीबीच नामिबियामा भएको श्रृंखलामा नेपालले कुनै पनि खेल जित्न सकेको थिएन । यसपटक घरेलु मैदानको भरपुर फाइदा उठाउँदै उत्कृष्ट प्रदर्शन गर्ने कप्तान रोहितकुमार पौडेलले प्रिम्याच कन्फेरेन्समा बताएका छन् ।
नेपाललाई एकदिवसीय मान्यता जोगाइराख्नुपर्ने दबाब रहेको छ ।

